प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं, भदौ १३ । संघीय संसद अन्तर्गत आज (शुक्रबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ ।

बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

त्यस्तै सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ । बैठकमा भूमिसम्बन्धी विधेयक पनि पारित गर्ने कार्यसूची छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै मन्त्री अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्