तीन प्रदेशमा भारी वर्षा, शनिबारदेखि पानी पर्न कम हुने
काठमाडौं । हाल बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारदेखि कम हुने भएको छ ।
मौसमविदहरुका अनुसार शनिबारदेखि मनसुनको असर कम हुनेछ । आज (शुक्रबार) भने देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने राति कोशी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ (नेपालको भूभाग नजिक) र पूर्वमा सरदर स्थानमा (भारतमा) रहेको छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ ।
प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार












