गृहमन्त्री असफल भएको भन्दै सांसदले मागे गृह मन्त्रालय
काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार साहले मुलुकमा सुशासन कायम हुन नसकेको भन्दै गृहमन्त्रीले गृह मन्त्रालय चलाउन नसकेकाले आफूलाई दिन माग गरेका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद साहले मुलुकमा हत्या, लुटपाट जस्ता घटना बढिरहेको तथा कानुनको कार्यान्वयन गर्न सरकार असफल भएको भन्दै आफूलाई एक महिना गृह मन्त्रालय चलाउन दिन माग गरेका हुन् ।
‘म स्पष्ट भन्छु यो सबै गृहमन्त्रीको लापरबाही र कमजोरी हो । यदि गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने त्यो मन्त्रालय मलाई दिनुस्’, साहले भने– ‘एक महिनाका लागि दिनुहोस् म देखाउँछु सुशासन, संविधान कार्यान्वयन र कानुनी शासन भनेको के हो ।’ उनले आफू त्यसो गर्दा सफल नभएमा सांसद पदबाट राजीनामा दिने समेत बताए ।
प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार












