बादरेमोडमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध
काठमाडौं, भदौ १४ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० बादरेमोडमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ ।
पहिरो खसेपछि बाटो बाटो अवरुद्ध हुँदा दुइतर्फी नै सवारी साधनहरू रोकिएका छन् ।
पहिरो पन्छाएर सडक खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रकाशित मिति: १४ भदौ २०८२, शनिबार












