झापामा स्वीमिङ पुलमा जना मृत फेला
काठमाडौं । झापाको बिर्तामोडमा स्वीमिङ पुलमा एक जनाको मृत फेला परेका छन् ।
बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा ३३ वर्षीय प्रकाश प्रसाईँ मृत फेला परेका हुन् ।
मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ बजे पार्कमा पुगेका थिए ।
पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: १४ भदौ २०८२, शनिबार












