रास्वपाका उम्मेदवारहरु कारागार पुगेर रविलाई भेट्दै



काठमाडौं, भदौ १५ । रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारीका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवार आज पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार जाँदैछन् ।

उपचुनावका लागि रास्वपाबाट छनोट भएका ९ जना प्रारम्भिक उम्मेदवारहरुले आज बिहान ११ बजे सभापति लामिछानेलाई भेट्न लागेका हुन् । उनीहरूले सभापति लामिछानेसँग प्रत्यक्ष भेटवार्ता गरेर पार्टीको उम्मेदवार चयन प्रक्रियाबारे छलफल गर्ने तयारी गरेका छन् ।

प्रारम्भिक उम्मेदवारमा पार्थिवेन्द्र उपाध्याय र उनकी श्रीमती उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल रहेका छन् ।

प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्