सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता, श्रीमती घाइते



विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

दूधपानी खोलाले मोटरसाइकल बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका छन् । उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन् ।

मोटरसाइकल काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७३८ नम्बरको मोटरसाइकल बराह क्षेत्र नगरपालिका-१ दूधपानी खोला तर्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

खोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरूलाई बगाएको थियो ।

घाइते खड्गीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्