अवैध संरचनामा ललितपुर महानगरको डोजर



ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ।

आज बिहान ३ वटा डोजरसहित सो क्षेत्रमा पुगेका नगर प्रहरीले वडा नं. ५ लगनखेलमा रहेको सरकारी जग्गा कित्ता नं. १०५ क्षेत्रफल १७-०-०-० जग्गामा निर्माण गरिएको संरचना भत्काएको हो।

नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समयसीमा नाघेपछि आज डोजर चलाइएको नगरप्रहरी प्रमुख सीताराम हाछेतु ले जानकारी दिए।

पोखरीको जिर्णोद्वार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन हुनाले सो संरचना हटाइएको हाछेतुले बताए।

प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्