बबरमहल-बानेश्वर सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द



काठमाडौं । देशमा बढ्दै गएको भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध विरुद्ध ले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर-बबरमहल सडक अवरुद्ध भएको छ ।

माइतीघर हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका कारण सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो ।

आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अघि बढ्नबाट रोकेको छ ।

जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समेत समर्थन गरेका छन् ।

प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्