जेनजी प्रदर्शन : प्रहरीको घेरा तोड्दै संसद् भवन प्रवेश
काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।
उनीहरू प्रहरीको घेरा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।
प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार
















