जेनजी प्रदर्शन : गृहमन्त्री लेखकसहित उच्चपदस्थ अधिकारीहरु छलफलमा
काठमाडौंं । गृहमन्त्री रमेश लेखक र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका छन् ।
गृहमन्त्री लेखक राज्य व्यवस्था तथा सुशासन समिति बैठक बिचैमा छोडेर मन्त्रालय पुगेपछि उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका हुन् ।
गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेसहितका कर्मचारीहरू आन्दोलनको सूचना सङ्कलन गरिरहेका छन् ।
प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार
















