काठमाडौं उपत्यकाका प्रहरी प्रमुख फेरिए, एआईजी कार्की आउदैँ
काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयक प्रमुख फेरिएका छन् ।
यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी ओम रानाको ठाउँमा एआईजी दानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
एआईजी टेक तामाङ अवकास भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय डीआईजी रानाको भरमा थियो।
हिजो जेनजीले गरेको प्रदर्शनका क्रममा देशभरमा १९ जनाको ज्यान गएको छ भने सयौं घाइते छन् ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार
















