जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमतका महासचिव चन्दनकुमार सिंहले जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन रहेको बताए ।
उनले भने समर्थन फिर्ता लिइसकेका छौँ । औपचारिक पत्र बुझाउन मात्रै बाँकी छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि राजीनामा दिन पार्टी अध्यक्ष सिके राउतले निर्देशन दिएका छन् ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार
















