प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत



काठमाडौं। राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी गर्दै प्रधानमन्त्री ओलीको राीजाानमा स्वीकृत गरेको जनाएको छ ।

यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्मका लागि सोही मन्त्रिपरिषद्‌ले कार्य सञ्‍चालन गर्ने गरी तोकेका छन् ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्