अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय
काठमाडौं । जेनजी नेपालले विज्ञप्ति जारी गर्दै अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।
जेनजीको एक समूहको विज्ञप्तिमा भ्रष्टाचारको अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलताको नजिक पुगेको छ र जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउने जनाएको छ।
जेनजीको विज्ञप्तिमा भनिएको छ- ‘प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई योग्य मानिएको भए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका कारण विकल्प खोजिएको हो ।’
त्यस्तै, हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा हिजोको भर्चुअल छलफलमा समर्थन भए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ ।
प्रकाशित मिति: २६ भदौ २०८२, बिहिबार
















