धरानको भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला
सुनसरी । सुनसरीको धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ।
आज बिहान आगो नियन्त्रणमा गर्ने क्रममा शव फेला परेको हो । प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो।
जलेर कंकाल मात्रै फेला परेकोले शव कसको हो भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
भाटभटेनीमा थप तीनजना हराइरहेको जानकारी आएपछि उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार
















