रविको एकपछि अर्को भण्डाफोर गर्दै सुमनाले छाडिन रास्वपा
काठमाडौं । पूर्वशिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी छोडेको जानकारी गराएकी हुन् । ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ उनले फेसबुकमा लेखेकी छन् ।
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले सहकारी ठगी प्रकरणमा जेलमा रहेको पार्टी सभापति रवि लामिछानेप्रति लक्षित गर्दै पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको दावी गरेकी छन् ।
नेतृत्वको उक्त कुरा आफूलाई स्वीकार्य नभएको भन्दै उनले भनेकी छन्-‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’
पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिने मात्रै नभई देशभन्दा माथि नेतालाई राख्ने गरिएकोले आफूले पार्टी परित्याग गरेको उनको भनाइ छ ।
उनले भनेकी छन्–‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ ।’
सुमना यसअघि रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएको बताएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएकी थिइन् ।
रवि लामिछानेकै कारण जेनजी आन्दोलनका क्रममा १५ हजार भन्दा बढी कैदीबन्दी देशभरका विभिन्न जेलबाट भागेको आरोप लागेको छ ।
भदौ २४ गते नख्खु कारागारबाट बाहिरिदा पनि रविले नक्कली सरकारी कागजात प्रयोग गरेको भन्दै चौेतर्फी रुपमा उनको विरोध सुरु भइसकेको छ ।
आफूलाई जेलबाट बाहिर निकाल्न आएका कार्यकर्ताहरुको पछि लागेर घर पुगेका उनले फेसबुक लाइभमार्फत पटक–पटक आफू जेल फर्कन चाहेको तर प्रशासनले नबोलाएको भन्दै जनताको आँखामा छारो हाल्दै आएका थिए । उनी आज मात्रै जेल फर्किएका हुन् ।
यदि २४ गते रवि जेलबाट नबाहिरिएको भए कुनै पनि जेलबाट कैदीबन्दी भाग्ने प्रयास गर्दैन थिए । जुन कुरा अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएका भिडियोहरुले पनि पुष्टि हुन्छ ।
अधिकांश कैदी बन्दीहरुले रवि जेलबाट निस्किन मिल्ने हामी किन नमिल्ने ? भन्दै प्रहरीलाई नै चुनौती दिएर फरार भएका छन् ।
यस्तो छ सुमना श्रेष्ठ फेसबुक स्टाटस

प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार
















