आज विश्व बिरामी सुरक्षा दिवस



काठमाडौं । आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदैछ ।

यो दिवस हरेक वर्ष सेप्टेम्बर १७ तारिखमा विश्वभर मनाइन्छ । दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तरराष्ट्रिय साझेदारहरुलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ ।

बिरामी, उनीहरुको परिवार, हेरचाह गर्नेहरु, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्माताहरुलाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरुको प्रतिबद्धता देखाउनु दिवसको मुख्य उद्देश्य हो ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्