गुडिरहेको बसमा ढुंगा खस्दा एक यात्रुको मृत्यु
मुग्लिन, असोज १ । नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको गरेको बसमा माथिबाट खसेको ढुंगा लाग्दा एक जना यात्रुको मृत्यु भएको छ ।
तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामीको मृत्यु भएको हो । गम्भीर घाइते भएकी कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बससहित चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार












