मतदाता नामावली ऐन संशोधन गर्न राष्ट्रपतिद्धारा अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्नका लागि आज अध्यादेश जारी भएको हो।

अब आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय तोक्नेछ।

जेनजी आन्दोलनपछि तत्कालीन ओलि सरकार ढलेपछि पुर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार बनिसकेको छ।

प्रधानमन्त्री कार्कीको वर्तमान सरकारले फागुन २१ गते निर्वाचन गराउनुपर्ने कार्यभार छ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्