देशभर मौसम बदली, दशैँमा पानी पर्ने



काठमाडौं । हाल मनसुनी वायु कमजोर भएपनि स्थानीय वायुको प्रभावले देशका विभिन्न स्थानको मौसम बदली भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली भई कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसपालीको दशैंभर नै बदली तथा वर्षाको संभावना छ । जल तथा मौसम विज्ञान विभागले दशैं विशेष मौसम बुलेटिन निकालेर अष्टमी, नवमी र दशमीको दिनमा पनि पानी पर्ने जनाएको छ ।

विभागका अनुसार अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिनमा धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्