एआईजी राठौरले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी



काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ जना एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार राठौरले उपत्यका प्रहरीको कमान्ड सम्हाल्ने जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि राठौर प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्