चार डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस



काठमाडौं, असोज १३ । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको आइतबार (असोज १२ गते) बसेको बैठकले सो सिफारिस गरेको हो ।

एआईजी पदमा बढुवाका लागि प्रहरी प्रधान कार्यालय (आर्थिक प्रशासन शाखा)मा कार्यरत सुशील सिंह राठोर, मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा)मा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर बि.क. सिफारिस भएका हुन् ।

समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको जनाएको छ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्