पत्रकार सम्मेलन गर्दै एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पत्रकार सम्मेलन गर्दै छन्।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा अहिले केही बेरमा हुने पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने बस्नेतले जानकारी दिए।
यसअघि आजै बिहान उनीसँग नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध सम्बन्धी मुद्दामा बयान लिएको थियो।
शोभा पाठकले दिएको जाहेरीका आधारमा साइबर ब्युरोले बुधबार बिहान १० बजे भोटाहिटीस्थित उनलाई बयानका लागि बोलाएको हो।
ब्यूरो स्रोतका अनुसार बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका थिए ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार
















