कस्तो छ आज देशभरको मौसम ?



काठमाडौं, असोज २८ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसले गर्दा आज देशका अधिकांश भू–भागका मौसम सफा रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

यसैगरी आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्