रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल, लेखा र निर्वाचन आयोगमा पूरानै टिम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको जिम्मेवारी लेखनाथ पौडेललाई दिइएको छ ।

प्रथम महाधिवेशनपछि आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले विभिन्न आयोगको नेतृत्व चयन गरेको हो ।

कास्की स्थायी ठेगाना भएका पौडेल उच्च अदालतका पूर्व न्यायाधीश हुन् ।

यसैगरी लेखा आयोग प्रमुखमा अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुखमा भुवन केसीलाई निरन्तरता दिइएको छ ।

रास्वपाको विधान अनुसार कुनै पनि विभागलाई रिक्त राख्न नहुने प्रावधान अनुसार पूरानो कमिटीलाई विघटन गरी नयाँ जिम्मेवारी दिइएको हो ।

असार ७–१२ गते चितवनमा रास्वपाको प्रथम महाधिवेशन सम्पन्न भएको थियो ।

त्यसपछि आजै नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले शपथग्रहण गरेका थिए।

शपथग्रहणपछि पहिलोपटक बसेको केन्द्रीय समितिले बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्