डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु



डोटी, असोज २८ । डोटीमा आज विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कैलालीको सुखडबाट डोटीको देवलतर्फ सु.प.प्र.०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिप बडिकेदार गाउँपालिका–३ देवल भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ । २७ जना सवार जिपमा अन्य यात्रु भने सकुशल रहेका छन् ।

जिपको सापट भाँच्चिदा दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्