जेनजी आन्दोलनपछि कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । जेनजी आन्दोलनपछि आज नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दै छ ।
पार्टीको महाधिवेशनलगायतका एजेण्डामा छलपल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने प्रस्तावसहित हस्ताक्षर संकलन गरेका छन् ।
आजको बैठकअघि नै महामन्त्रीद्वय विशेष महाधिवेशनको मागसहित महाधिवेशन प्रतिनिधिका हस्ताक्षर बुझाएर केन्द्रीय समिति बैठकबाट निर्णय गराउने पक्षमा छन् ।
शेखर कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन भन्दै आएका छन् भने संस्थापन पक्षले भने वैशाखसम्म गर्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर अगाडि जानुपर्ने बताउँदै आएको छ ।
विशेष महाधिवेशनका पक्षमा ५१ प्रतिशत हस्ताक्षर संकलन भएको दाबी गरिएको छ ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












