हमासले इजरायललाई बुझायो विपिन जोशीको शव, पहिचान गरिँदै
काठमाडौँ, असोज २८ । हमासको कब्जामै मृत्यु भएको दाबी गरिएका नेपाली युवक विपिन जोशीको शव हमासले इजरायललाई बुझाएको छ ।
हमासले सोमबार राति रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो ।
विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको छ ।
इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपु¥याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि पुष्टि गरेका छन् ।
फरेन्सिक परीक्षणका लागि चारै शव इजरायलको राजधानी तेल अभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पु¥याइएर पहिचान प्रक्रिया सुरु गरिएको छ । फरेन्सिक परीक्षणपछि शव परिवारको जिम्मा लगाइनेछ ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












