मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै
जनकपुरधाम, असोज २८ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (मंगलबार) विश्वासको मत लिँदैछन् ।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।
गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाएका थिए ।
गत भर्दा २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए ।
बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












