कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं, असोज २९ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज रातिको समयमा भने देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्