हस्तमैथुन गर्नेलाई सय डलर जरिवाना !


 


एजेन्सी : अमेरिकाको टेक्सासका एक डेमोक्रेट सांसदले हस्तमैथुन गर्ने पुरुष्लाई १ सय डलर जरिवाना गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

भविष्यमा जन्मिने (अजन्म) बच्चाको सुरक्षा गर्नुपर्ने भन्दै डेमोक्रेटिक सांसद जेसिका फर्रारले उक्त प्रस्ताव ल्याएको बीबीसीले जनाएको छ ।
अस्पताल र क्लिनकबाट दिएको अनुमतिबाट हुने हस्तमैथुनबाहेकलाई जरिवाना गर्नुपर्ने उनको प्रस्ताव रहेको छ । फर्रारको दावी यस्तो छ कि, ‘यदी कुनै व्यक्तिले महिलाको यौनीभन्दा बाहिर विर्य स्खलन गराएमा त्यो अजन्म बच्चाविरुद्धको कदम हो ।’

कामुकताको वर्गीकरण गर्दै फर्रारले यौनीको बाहिर विर्य निकाल्नु अजन्मे बच्चाविरुद्धको कारबाही भएको र यो जीवनको पवित्रता कायम राख्नमा असफल हुने बताएकी छन् ।

गर्भपतनको विषयलाई उठान गर्दै फर्रारले ‘पुरुषलाई चिन्ने अधिकार’ क्याम्पेनमार्फत् महिलाको विशेष स्वास्थ्य हेरचाहको कानुनको नामबाट महिलालाई दुःख दिने गरिए पनि पुरुषलाई यस्तो कानुन नभएको तर्क गरेकी छन् ।

स्वास्थ्य सेवामाथि लगाइएको पावन्दीका कारण अमेरिकी महिलाले दुःख भोग्नु परेको उनले बताएकी छन् । टेक्सासमा गर्भपतनबारे कडा कानुन छ । र, टेक्सासको हाउस अफ रिप्रेजेन्टेटिभमा रिपब्लिकनको बर्चस्व रहेको छ ।

सन् २०११ मा गर्भपतन २४ घण्टा अघि कठिन अल्ट्रासाउन्ड गराउनु पर्दथ्यो । यस्तो अवस्थामा महिलाले कम्तीमा पनि दुई पटक अस्पताल धाउनु पर्दथ्यो ।

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्