राप्रपाको केन्द्रीय सम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा हालसम्म सम्पन्न भएका स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति मूल्यांकन, सांगठनिक सुदृढीकरणका उपाय, समसामयिक राजनीतिक परिस्थिति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल हुनेछ ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












