एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै



काठमाडौँ, असोज २९ । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।

बैठक बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुनेछ । बैठक तीन दिनसम्म चल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार आजको बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनबारे पनि छलफल हुने प्रमुख गौतमले बताए ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्