रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेल्े नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

महाधिवेशनबाट स्वर्णिम वाग्ले, सोविता गौतम उपसभापतिमा, विपिन आचार्य महामन्त्रीमा, हरि ढकाल, असिम शाह र निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।

सभापति लामिछानेले महाधिवेशन भरतपुरमै शपथ लिएका थिए ।

वरिष्ठ नेतामा निर्वाचित प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भने शपथ समारोहमा सहभागी भएनन् ।

शपथग्रहणपछि आजै केन्द्रीय समिति बैठक बस्ने तयारी छ। उक्त बैठकले मनोनित हुने ५१ जनाको विषयमा छलफल गर्ने बताइएको छ ।

पार्टी विधानअनुसार १९ पदाधिकारीमध्ये वरिष्ठ नेतासहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य पछि मनोनीत गरिने व्यवस्था छ ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्