रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यहरू शपथ लिन घण्टीघरमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूले शपथ लिन पार्टी कार्यालय पुगेका छन्।
पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आज सपथ लिने छन्।
गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा वालेन्द्र शाह ‘बालेन’ तथा खुला तर्फको उपसभापतिमा डा. स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गरेको थियो । सभापति लामिछानेले भरतपुरमै शपथ लिएका थिए ।
यसैगरी उपसभापतिमा सोविता गौतम, महामन्त्री विपीन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन् ।
पार्टी सभापति रवि लामिछानेसहित अधिकांश केन्द्रीय सदस्य र पदाधिकारी पुगिसकेका छन् । प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह शपथ कार्यक्रममा आउनेरनआउने अहिलेसम्म केही बताइएको छैन । पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले शपथ खुवाउनेछन् ।
शपथ कार्यक्रम सम्पन्न भएपछि आजै केन्द्रीय समिति बैठक पनि बस्नेछ। केन्द्रीय समिति बैठकमा मनोनीत पदाधिकारी र सदस्यहरूबारे छलफल हुनेछ ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












