सर्वदलीय बैठक सुरु, संसद् विघटनबारे राय लिँदै सभामुख



काठमाडौं, असोज २९ । सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएर संसद् विघटनबारे छलफल सुरु गरेका छन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा उनले संसद पुनस्र्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन भने दलहरूको धारणा लिन लागेका हुन् । बैठकमा रास्वपा भने सभामुखसँगको छलफलमा अनुपस्थित छ ।

दलहरूको धारणा लिएपछि पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने सभामुखको तयारी छ । पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल हुनेछ ।

प्रतिनिधि सभा विघटन विरुद्ध अदालत जाने सम्बन्धमा सभामुखलाई भने दुवै खाले सुझाव सरोकारवालाहरूले दिएका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्