एमाले केन्द्रीय कमिटी बैठक: राजनीतिक प्रस्तावमाथि सुझाव राख्ने क्रम जारी
काठमाडौँ २९ असाेज। नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औँ केन्द्रीय कमिटीको आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि केन्द्रीय कमिटीका सदस्यहरूले आ–आफ्नो राय राख्ने क्रम सुरु भएको छ ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा आजबाट सुरु भएको बैठकमा पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि हालसम्म ५० जना केन्द्रीय सदस्यहरूले सुझाव राख्नुभएको छ ।
बैठकमा बोल्ने सदस्यहरूले अन्तरिम सरकारको गठन प्रक्रिया, प्रतिनिधि सभाको विघटन सन्दर्भमा पार्टीको धारणा, निर्वाचनमा पार्टीको उपस्थिति, र संविधान रक्षा लगायतका विषयमा महत्त्वपूर्ण सुझाव राख्नुभएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
भोली बिहान ८ बजेबाट सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्न बाकी सदस्यहरूले आ आफ्नो सुझाव राख्नुहुने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












