यी तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा वर्षाको सम्भावना छ ।
आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।
आज रातिको समयमा भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












