जेनजीका नाममा कर्मचारी धम्क्याउने शाही ठगी आरोपमा पक्राउ
काठमाडौँ, असोज ३० । जेनजीका नाममा विभिन्न सरकारी कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाही ठगी आरोपमा पक्राउ परेका छन् ।
विभिन्न उजुरीका आधारमा प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनलेपछिल्लो समय विभिन्न गैरकानुनी गतिविधि गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध यसअघि पनि उजुरी परेको अभिलेखमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












