जेनजी आन्दोलनमा मूर्ति चोरी गर्ने लामा पक्राउ



काठमाडौं, असोज ३० । आन्दोलनका क्रममा मूर्ति चोरी गरेको आरोपमा चितवनका विजय लामा पक्राउ परेका छन् ।

चितवनको कालिकानगर नगरपालिका वडा नं. ६ टाँडी स्थायी घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ च्यासिन टोलमा बस्दै आएका लामा पक्राउ परेका हुन् ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा विजय लामाले बुद्ध मूर्ति थान १, गणेशको मूर्ति अकित शंख जस्तो थान १, गणेशको मूर्ति थान–१, सिङगिङ्ग बल थान १ र आईफोन प्रोम्याक्स १४ थान १ चोरी गरेको प्रहरीले जनाएको छ ।

एआईजी कार्कीले काठमाडौं उपत्यकामा आन्दोलनका क्रममा विभिन्न व्यक्तिका साथै सार्वजनिक स्थानमा लुटपाट भएका सामग्रीहरू स्थानीय प्रहरीलाई बुझाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्