तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह



काठमाडौँ, कार्तिक १ । नेपाल राष्ट्र बैंकले व्यापार सहजीकरण, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई तिहारको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

त्यसैगरी राष्ट्र बैङ्कले आज (शनिबार)का लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्