जनकपुरमा सुन पसलमा छापा हान्दा झडप, १० जना प्रहरी घाइते



जनकपुरधाम, कार्तिक १ । जनकपुरधामको सोनारपट्टीमा सुन पसलमा छापा हान्दा तनाव सृजना भएको छ ।

संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले विशेष सूचनाको आधारमा छापा हान्दा प्रहरी र व्यवसायीबीच झडप भएको हो । त्यसक्रममा प्रहरीले सात राउण्ड हवाई फायर र दुई सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमा जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् । झडपमा १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डिएसपी गणेशबहादुर बलमे जानकारी दिए ।

डिएसपी बमका अनुसार ज्वेलर्सबाट बिल विजक नभएको अन्दाजी ७ किलो चाँदी बरामद गरिएको छ । बरामद चाँदीबारे सुनचाँदी व्यवसायी संघका नेतृत्वलाई समेत बोलाएर मुचुल्का गर्न खोजेपछि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी पुगेपछि उनीसहित व्यवसायीहरु प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्