मधेस प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी



वीरगञ्ज, कात्तिक १० । मधेस प्रदेशसभा सदस्य विनादेखि शर्माको वीरगञ्ज महानगर–६ स्थित घरमा आगजनी भएको छ । उनको घरमा सोमबार साँझ साढे ५ बजे भएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरबाट गएको दुई वटा दमकलको सहायताले आगो निभाइएको जानकारी दिए ।

उनका अनुसार घरमा आगजनी भएको सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षण बिक्रम सुवेदीको कमाण्डमा गएको टोली र स्थानीयको सहयोगमा आधा घण्टाभित्रै आगो निभाइएको थियो । आमगजनीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्