२ जना हबलदारसहित १५ प्रहरी सम्पर्कविहीन (नामसहित)
काठमाडौं । दुई जना हबलदारसहित १५ प्रहरी सम्पर्कविहीन भएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १५ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
गैर हाजिर हुनेमा दुई जना हबलदार, दुईजना सहायक हबलदार, एकजना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन् ।
लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार












