सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
काठमाडौं, कार्तिक १२ । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेका छन् ।
हेलिकप्टरमा यात्रु नभएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार












