हेलिकप्टर दुर्घटना : क्याप्टेन खड्कालाई काठमाडौं ल्याइँदै



काठमाडौं । सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका क्याप्टेन विवेक खड्कालाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

दुर्घटनापछि उनको अवस्था सामान्य रहेको लुक्का पर्यटन व्यवसायी नुर्बु शेर्पाले जानकारी दिए । उनका अनुसार क्याप्टेन खड्काको शरीरको बाहिरी भागमा सामान्य चोट लागेको छ ।

शेर्पाका अनुसार क्याप्टेन खड्कालाई थप उपचारका लागि लुक्लाबाट हेलिकोप्टरमार्फत रामेछाप विमानस्थल ल्याइने र त्यहाँबाट नियमित जहाजमार्फत काठमाडौं ल्याइने तयारी गरिएको छ ।

क्याप्टेन खड्का पर्यटक उद्दारका लागि ९ एन एएमएसको हेलिकोप्टर लिएर बिहान लोबुचे गएका थिए ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्