मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बैठक बस्ने सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकका एजेन्डाहरुबारे जानकारी गराइएको छैन । मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार बस्ने गरेको छ।

सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच त्रिपक्षीय बैठक बस्नु अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्