एमाले सचिवालय बैठक गुण्डुमा बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ।
बैठक भक्तपुरको गुण्डुमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।
जसमा महाधिवेशन प्रतिनिधिको निर्वाचन क्षेत्र कति हुने, कति सदस्य बराबर कति प्रतिनिधित्व हुने र मूल व्यवस्थापनको विषयमा छलफल हुनेछ।
साथै जनपरिचालन र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।
एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ , २८, २९ गते पोखरामा हुँदैछ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार












