आजदेखि सरकारी कार्यालय खुल्ने समय ४ बजेसम्म



काठमाडौँ, कार्तिक १६ । सरकार कार्यालय खुल्ने समय आजदेखि एक घण्टा छोटिएको छ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको हो ।

कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्